Skip to content
LAXMI SUNRISE BANK

बेलायतमा फेरि अर्का एक भूपू गोरखा सैनिकको मृत्यु, कोरोनाबाट ज्यान गुमाउने नेपालीको संख्या १० पुग्यो

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – कोरोना भाइरस (कोभिड-१९)का कारमा बेलायतको लण्डनमा थप एक भूपू गोरखा सैनिकको मृत्यु भएको छ । अन्दाजी ५५ वर्षीय लक्ष्मण श्रेष्ठको उपचारका क्रममा गाइज अस्पतालमा बुधाबार मृत्यु भएको हो । स्जाङजा स्थायी घर भएका उनी हाल लण्डनको प्लमस्टिडमा बस्दै आएका  थिए ।
श्रेष्ठलाइ गत दुई हप्तादेखि खोकी र ज्वरो आएर अस्पताल भर्ना भएका थिए । उनलाई पछिल्लो समय भेन्टिलेटरमा राखी उपचार गरिए पनि कुनै सुधार नभएको श्रेष्ठसँग एउटै पल्टनमासँगै काम गरेका भूपू गोरखा सैनिक भोज बरालले बताए । अहिलेसम्म सार्वजनिक भएअनुसार कोरोनाकै कारण बेलायतमा निधन हुने नेपाली १० पुगेका छन् । जसमा सात पूर्व गोरखा सैनिक छन् । बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १३ हजार नजिक छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK