Skip to content
LAXMI SUNRISE BANK

मन्त्रीपरिषद् पुनर्गठन हुने पक्का ! एक नयाँ दल पनि सरकारमा आउँदै !

अर्थ सरोकार

सरकारले ल्याएको आदेशले नेकपाको स्थिति के हुन्छ भन्ने कुरामा विभिन्न टिकाटिप्पणी भइरहेका बेला अन्य दुइ पार्टी भने फुट्ने निश्चित भएको चर्चा तीनै पार्टीमा हुन थालेको छ । ‘राजपा विभाजनको संघारमा छ तर विद्यमान कानुनले समस्या पारेको छ । समाजवादी पार्टीमा पनि त्यस्तै अवस्था छ । अब यी दुवै पार्टी फुट्छ।’ समाजवादी पार्टीका एक बरिष्ट नेताले भने। र यी मध्ये एक दल सरकारमा आउनेछ ।’ उनले मन्त्रीपरिषद् पुनर्गठन हुनेसमेत दाबी गरेका छन् । ‘छिट्टै मन्त्रीपरिषद् पुनर्गठन हुँदैछ । र सरकारमा एक अर्को दल पनि आउनेछ ।’ उनले दाबी गरे ।
‘यो हामीभित्रको समस्याका कारण भन्दा पनि अरुका लागि ल्याइएको हो’ यता नेकपा सचिवालय दाबी गरिरहेको छ। 
यता बिकसित राजनीतिक तरङ्गमा नेकपाका कार्यकर्ताहरुले भने व्यंग्यात्मक सुझाव दिन थालेका छन्। ‘एकतापछी नेकपा ठूलो पार्टी भो, सदस्य र कार्यकर्ताको हुल ठुलो भो, ठूलो जेटमा यात्रा गर्नु पर्ने अवस्था आयो । यहि क्रममा विश्वमा कोरोना भाइरस महामारी आयो । हुल सहित जेटमा यात्रा गर्दा कोरोना सर्ने सम्भावना भयो । त्यसकारण पुरानै तरिकाले आआफ्नो घरमा बस्ने सर्कुलेसन जारी पनि हुन सक्छ । यसलाइ अन्यथा नसोचौ कमरेडहरु । यो बेला मिल्ने भन्दा पनि जतिसक्दो एक्लिदा नै राम्रो हुन्छ ।’ उनले फेसबुकमा लेखेका छन् ।
सुन्दा रमाइलो सुनिएपनि यो लेखाइमा पार्टीभित्रको वितृष्णा छचल्किएको छ । 
यता प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक सकिएलगत्तै सरकारमा रहेका पूर्वमाओवादी खेमाका मन्त्रीहरुको बेग्लै बैठक बसेको छ । बैठकपछि अध्यक्ष प्रचण्डलाई भेट्न उर्जामन्त्री वर्षमान पुन खुमलटारतर्फ लागेका छन् भने अन्य मन्त्रीहरु पनि प्रचण्ड निवास पुगेका छन् । बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा दलसम्बन्धी कानून संशोधनका लागि अध्यादेश ल्याइएको थियो । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK