×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कुमारी बैंकमा भीषण पहिरो, भिआरएसका नाममा २ डेपुटी सीइओसहित २८ सिनियर कर्मचारी बाहिरिए…

  •  अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । आन्तरिक कुरा नमिलेपछि कुमारी बैंकबाट एकैपटक २८ जना कर्मचारीहरु भीआरएसका नाममा बाहिरिएका छन् । बैंकमा कार्यरत २८ जना उच्च कर्मचारीले बैशाख १ गतेदेखि लागू हुने गरी जागिर छाडेका हुन् । चैत ६ गते उनीहरुको राजिनामा स्वीकृत भएको थियो । बैंक छाडेका २८ जना कर्मचारीले २ वर्षको तलबवापतको भीआरएस प्याकेज लिएर बाहिरिएका हुन् ।
यसरी जागिर छाड्नेमा बैंकका डेपुटी सीइओद्वय राजीव गिरी र उमेशसिंह भण्डारी छन् । यस्तै कम्पनी सचिव नरेन्द्र छतकुली, बरिष्ठ प्रबन्धक राजेश श्रेष्ठ, डिपोजिट हेड रेना रिजाल तथा सिपा रेग्मी कर्पोरेट कम्युनिकेशन हेड छन् । साथै रिटेल हेड विश्व रेग्मी, रिकभरी सन्जिव सैजु, रिसर्च एण्ड डेभलपमेन्ट हेड बिनोदनरसिंह श्रेष्ठ, अपरेशन हेड नमिता शाक्य छन् ।
करिब २ वर्ष जति कामू सीइओको रुपमा चलाएका राजीव गिरीलाई बोर्डले सीइओ नबनाएर सिद्धार्थ बैंकबाट सुरेन्द्र भण्डारीलाई ल्याएपछि बैंकभित्र विवाद उत्पन्न भएको थियो । भण्डारीले सेञ्चुरी बैंकमा सीइओ पद छाडेका अनुजमणि तिमिल्सिनालाई डेपुटी सीइओ बनाएर ल्याएपछी स्थिति झन् बिग्रिएको थियो । मर्जरले कर्मचारी एडजस्टमेन्टमा विभिन्न समस्या देखिएका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: