×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुवेतमा पछिल्लो २४ घण्टामा ६ जना नेपाली कोरोना संक्रमित

LAXMI SUNRISE BANK

कुवेतमा पछिल्लो २४ घण्टामा ६ जना नेपाली कोरोना संक्रमित

१७ बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौं । कुवेतमा पछिल्लो २४ घण्टामा ६ जना नेपाली कोरोना भाइरस संक्रमित भएका छन् । हालसम्म ५१ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको कुवेत स्थित नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले बताएका छन् ।त्यस्तै कुवेतस्थित नेपाली दुतावासले ४ दिनमा अवैधानिक रुपमा बसेका एक हजार पाँच सयभन्दा बढी नेपालीको ट्राभल डकुमेन्ट तयार गरेको जानकारी दिएको छ । 
२५ अप्रिल देखि नेपाल लगायत अन्य देशका अवैधानिक बसेका नागरिकलाई जरिवाना छुट्, गन्तव्य मुलुकसम्म निशुल्क टिकटको व्यवस्था कुवेत सरकारले शुरु गरेको हो । पछिल्ला दिनमा कोरोना संक्रमित बढ्दै गएसँगै नेपालीमा स्वदेश फर्किने चाहना बढ्दै गएको र लकडाउन खुलेसँगै धेरै नेपाली घर फर्किने देखिएको राजदुत भण्डारी जानकारी दिए ।
७० हजार नेपाली कामदार रहेको कुवेतमा करिब ७ हजार नेपाली अवैधानिक रुपमा बस्दै आएको दूतावासले जानकारी दिएको छ । अप्रिल एक तारिक देखि कुवेत सरकारले अवैधानिक रुपमा बसेका सबै देशका नागरिकलाई आममाफी घोषणा गरेको थियो ।काठमाडौं । कुवेतमा पछिल्लो २४ घण्टामा ६ जना नेपाली कोरोना भाइरस संक्रमित भएका छन् । हालसम्म ५१ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको कुवेत स्थित नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले बताएका छन् ।
त्यस्तै कुवेतस्थित नेपाली दुतावासले ४ दिनमा अवैधानिक रुपमा बसेका एक हजार पाँच सयभन्दा बढी नेपालीको ट्राभल डकुमेन्ट तयार गरेको जानकारी दिएको छ । २५ अप्रिल देखि नेपाल लगायत अन्य देशका अवैधानिक बसेका नागरिकलाई जरिवाना छुट्, गन्तव्य मुलुकसम्म निशुल्क टिकटको व्यवस्था कुवेत सरकारले शुरु गरेको हो । पछिल्ला दिनमा कोरोना संक्रमित बढ्दै गएसँगै नेपालीमा स्वदेश फर्किने चाहना बढ्दै गएको र लकडाउन खुलेसँगै धेरै नेपाली घर फर्किने देखिएको राजदुत भण्डारी जानकारी दिए ।
७० हजार नेपाली कामदार रहेको कुवेतमा करिब ७ हजार नेपाली अवैधानिक रुपमा बस्दै आएको दूतावासले जानकारी दिएको छ । अप्रिल एक तारिक देखि कुवेत सरकारले अवैधानिक रुपमा बसेका सबै देशका नागरिकलाई आममाफी घोषणा गरेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी