- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – कुवेतमा शनिबार थप ६ नेपाली कामदारलाई कोरोना भाइरस पोजेटिभ देखिएको छ। यो सँगै कुवेतमा संक्रमित नेपालीको संख्या ४१ पुगेको छ । कुवेतको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टाको नतिजा सार्वजनिक गरेको हो ।
पछिल्लो एक साता हरेक दिन कोरोना संक्रमण देखिबे नेपालीहरुको संख्या बढ्दै गएको छ । शनिबारमात्रै ६ नेपालीसहित २७८ जनामा संक्रमण देखिएको हो । हालसम्म संक्रमितको संख्या २ हजार ८९२ जना पुगेको छ। जसमा सबैभन्दा बढी भारतीय कामदार संक्रमित रहेको कुवेतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कुवेतमा अहिलेसम्म संक्रमितको हुनेको संख्या ३ हजार नजीक रहेको छ भने मृत्यु हुनेको संख्या १९ छ ।