
- अर्थ सरोकार सम्बाददाता
कैलाली – किसान बहुउद्देश्यीय सहकारी संस्थाले कोरोना रोकथामको लागि सहयोगको घोषणा गरेको छ ।कैलालीको लम्की चुहामा रहेको उक्त सहकारीले मंगलबार एक विज्ञप्ति जारी गर्दै कैलाली जिल्लाको १३ वटै स्थानिय निकायहरुलाई ५० हजारका दरले ६ लाख ५० हजार खाद्यन्न सामाग्री वा नगद उपलब्ध गराउने जनाएको छ ।
संस्थाले विश्वभरी महामारीको रुपमा फैलिरहेको तथा मानव जातीका लागि चुनौतीको रुपमा रहेको कोरोना भाईरससंग पुरै विश्व लडिरहेको र नेपालले पनि त्यसको सामना गरिरहेको अवस्थामा सहयोगको आवश्यकतालाई ध्यानमा राख्दै सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोगको घोषणा गरिएको संस्थाले जानएको छ ।
पुरै देश लकडाउनमा रहेको र सो अवस्थामा दैनिक ज्यालादारी गरी जिवन निर्वाह गर्ने अति विपन्न परिवारलाई राहत दिन, क्वारेन्टाइनमा बस्नेलाई खानपानको व्यवस्थापन गर्न तथा यस विपतको सामना गर्नका लागि आवश्यक विभिन्न कार्य गर्नका लागि १३ वटै स्थानीय निकायहरु मार्फत सहयोग हस्तान्तरण गरिने संस्थाले विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।
कैलालीको लम्कीमा केन्द्रीय कार्यालय रहेको यस संस्थाले १८ वटा शाखा कार्यालयमार्फत सेवा दिँदै आइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्