Skip to content
LAXMI SUNRISE BANK

सरकारको नियम मिच्ने ६ सय ४ जनालाई प्रहरीले होल्ड गरायो, १ सय बढी गाडी पनि नियन्त्रणमा !

अर्थ सरोकार

  • अर्थ  सरोकार सम्बाददाता 
काठमाडौँ – प्रहरीले काठमाडौँ उपत्यकाबाट आइतबार लकडाउन उल्लंघन गर्ने ६ सय ४ जनालाई नियन्त्रणमा लिई होल्ड गराएको छ । आइतबार बिहानै लकडाउन उल्लंघन गर्ने काठमाडौंबाट ४ सय ७० जना, ललितपुरबाट १ सय ४ जना र भक्तपुरबाट ३० जना गर्ने ६ सय ४ जनालाई नियन्त्रणमा लिई होल्ड गराएको हो । 
सरकारले चैत्र ११ गतेबाट देश लकडाउन गरेक छ तर सर्वसाधारण भने सरकारको नियमलाई मिचिरहेका छन्। प्रहरीले लकडाउन उल्लङ्घन गर्ने व्यक्तिलाइ सोधपुछका क्रममा अत्यावश्यक कामका लागि निस्किएको पाइए छाड्ने पनि गरिएको जनाएको छ । यस्तै प्रहरीले लक डाउन उल्लंघन गर्ने १ सय ५ वटा गाडी नियन्त्रण लिएको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK