
काठमाण्डौ । लक डाउनका बेला बागमती प्रदेशमा दुई एम्बुलेन्स सहित १२ वटा गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विरामीको सट्टा अरु यात्रुलाई बोकेको पाइएपछि दुई वटा एम्बुलेन्स नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यस्तै काठमाण्डौ उपत्यकामा शुक्रबार (आज) लकडाउन उल्लङ्घन गर्ने एक हजारभन्दा धेरैलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहान ११ बजेसम्ममा काठमाण्डौबाट एक हजार ७५ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । सोधपुछपछि सम्झाइ बुझाइ गरेर एक सय ४९ जनालाई छाडिएको र बाँकी २६ जनालाई अझै पनि नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।
यस्तै प्रदेश १ बाट एक सय ९२ वटा गाडी पनि प्रहरीले नियन्त्रणमा लिएको छ । लकडाउनका बेला अत्यावश्यक काम नपरि ननिस्कन प्रहरीले अनुरोध गर्दै आइरहेको छ । अति आवश्यक कामका लागि हिँडेको भए छाडिने नत्र केही बेर नियन्त्रणमा लिएर अब त्यसो नगर्न सम्झाउने अनि जताबाट आएको हो उतै फर्काउने प्रहरीले जनाएको छ । लकडाउनका कारण अहिले देशभर सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कुटनीतिक नियोग, एम्बुलेन्स, अत्यावश्यक र जिल्ला प्रशासनबाट अनुमति लिएका गाडी मात्र चलिरहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्