×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रोकिएन लकडाउन उल्लघंन गर्ने क्रम, उपत्यकामा १५ सय बढीलाई प्रहरीले गर्यो कारबाही

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

रोकिएन लकडाउन उल्लघंन गर्ने क्रम, उपत्यकामा १५ सय बढीलाई प्रहरीले गर्यो कारबाही

Artha Sarokar

१८ बैशाख २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । लकडाउन उल्लंघनको आरोपमा बिहीबार (आज) एक हजार ५०८ जना कारबाहीमा परेका छन् । बिहान ८ बजेसम्मको अवधिमा अनावश्यक रुपमा सडकमा निस्किएका व्यक्तिलाई उपत्यकाको काठमाडौं, भक्तपुर र ललितपुरबाट कारबाही गरिएको हो । 
महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रहरी निरीक्षक नहकुल गौतमका अनुसार यो अवधिमा एक हजार ९२ जना पुरुष र ४ सय १६ जना महिला पक्राउ परेका छन् । उनीहरुलाई बिहान तीन घन्टासम्म सकडमै उभ्याइएको छ ।
साथै, उपत्यकाको विभिन्न क्षेत्रबाट १ सय १० वटा सवारीसाधन नियन्त्रणमा परेको उनले जनाए । यसअघि लकडाउनको उल्लंघन बढेको भन्दै गृह मन्त्रालयले कार्यान्वयनमा कडाइ गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको थियो ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी