
- अर्थ सरोकार सम्बाददाता
काठमाण्डौ । लकडाउन उल्लङ्घन गर्ने पाँच सय ५० भन्दा धेरैलाई प्रहरीले काठमाण्डौ उपत्यकाबाट नियन्त्रणमा लिएको छ । मङ्गलबार बिहान ७ बजेसम्ममा काठमाण्डौबाट सबैभन्दा धेरै पाँच सय ३६, ललितपुरबाट १५ र भक्तपुरबाट आठ जना गरी पाँच सय ५९ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरुलाई अत्यावश्यक काम बाहेकका लागि हिँडेको पाइए केही बेर बाटोमै उभ्याउने र सम्झाइ-बुझाइ गरेर छाड्ने गरिएको छ ।
यस्तै लकडाउन उल्लङ्घन गर्दै चलाएका चार सय १३ वटा गाडी पनि प्रहरीले नियन्त्रणमा लिएको छ । ट्राफिक प्रहरीले यी गाडी अत्यावश्यक बाहेकमा कामका लागि चलाएको पाइए दिनभरि होल्ड गरेर बेलुकीमात्रै फिर्ता गर्ने गरेको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि सरकारले लकडाउन घोषणा गरेको छ । सरकारले पहिलो पटक एक हप्ताका लागि घोषणा गरेको लकडाउन थप दुई पटक लम्ब्याएको छ । नयाँ सूचना अनुसार आउँदो वैशाख ३ गतेसम्म लकडाउन घोषणा गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्