
काठमाडौँ – कोरोना भाइरसका कारण युरोपमा सबैभन्दा लामो समय लकडाउन भएको इटालीले चरणवद्ध रुपमा यसलाई हटाउँदै लाने घोषणा गरेको छ। आइतबार प्रधानमन्त्री प्रधानमन्त्री जुसेपे कोन्टेले मे ४ बाट लकडाउन क्षेत्रगतरुपमा हटाउँदै लैजाने घोषणा गरेका हुन्।
उत्पादन, निर्माण कम्पनी र केही थोक विक्रेताहरूलाई मे ४ बाट पुनः काम सुरु गर्न पाउनेछन्। त्यसको दुई हप्तापछि खुद्रा विक्रेतालाई खोल्न दिइनेछ। यध्यपी रेस्टुरेन्ट र बारहरूलाई जुनको सुरुबाट मात्र पूर्णरुपमा संचालनमा आउनेछन्।
दुई महिनाभन्दा अगाडि मिलान बाहिरको एउटा सानो शहरमा कोरोना भाइरसको पहिलो संक्रमण पुष्टि भएपछि इटाली लकडाउनमा जानुपरेको थियो। संकटको दोश्रो चरण अपेक्षा गरिरहेको इटालीले संक्रमणको दोश्रो लहर सुरु नगरी अर्थव्यवस्थालाई पुनः सुरु गर्ने प्रयास गर्नेछ।
‘हामीले जटिल चुनौतीको अपेक्षा गरिरहेका छौ’, मार्चदेखि शीतनिन्द्रा गएका क्रियाकलापलाई पुनः सुरु गर्ने योजना सुनाउँदै कोन्टेले भने, ‘हामी भाइरससँगै बाँच्नेछौं र हामीले सम्भव भएसम्मका सावधानीहरू अपनाउनुपर्नेछ।’ -एजेन्सी
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्