×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘लकडाउन’ उल्लंघन – उपत्यकामा एकाबिहानै झण्डै १३ सय जना नियन्त्रणमा

LAXMI SUNRISE BANK

‘लकडाउन’ उल्लंघन – उपत्यकामा एकाबिहानै झण्डै १३ सय जना नियन्त्रणमा

२३ चैत्र २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं – आइतबार लकडाउन उल्लंघन गर्ने झण्डै १३ सय जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गर्ने झण्डै १३ सय जनालाई नियन्त्रणमा लिएर प्रहरीले होल्ड गराएको हो । महानगरीय प्रहरी कार्यालयका अनुसार आइतबार बिहान ८ बजेसम्म काठमाडौँ, भक्तपुर र ललितपुरमा गरी १२ सय ८८ जनालाई नियन्त्रणमा लिएर होल्ड गराइएको हो । 
जसमा १ हजार ४० पुरुष र २ सय ४८ जना महिला छन् । उनीहरुसँगै ६२ वटा सवारी साधनसमेत नियन्त्रणमा लिइएको छ । यसो त शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई थप कडाइ गर्ने भन्दै एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जानसमेत रोक लगाएको थियो । तर सर्वसाधारणले भने लकडाउनको उल्लंघन गरिरहेका छन् । आइतबार देश लकडाउनको १३औं दिन हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी