×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यस्तो संकटका बेला किन जोक गर्छन् मुर्खहरु ? लकडाउन अवज्ञा गर्ने एक हजार ५१ सवारीसाधन प्रहरी नियन्त्रणमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

यस्तो संकटका बेला किन जोक गर्छन् मुर्खहरु ? लकडाउन अवज्ञा गर्ने एक हजार ५१ सवारीसाधन प्रहरी नियन्त्रणमा

२० चैत्र २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

दाङ – दाङमा प्रहरीले चैत ११ गतेदेखि १९ गतेसम्म एक हजार ५१ वटा सवारी साधन नियन्त्रणमा लिएको छ । सरकारले लागु गरेको लकडाउन अवज्ञा गरेको भन्दै उक्त सवारीसाधन नियन्त्रणमा लिएको हो ।  लकडाउनको नवौँ दिनमा २७ वटा सवारीका साधन नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । बुधवार मात्रै मात्रै दाङमा १७ वटा मोटरसाइकल, चार/चार वटा जीप, कार र अटो यस्तै ट्रक दुई वटा नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङले उपलब्ध गराएको तथ्याङ्कअनुसार बसम्म ८३४ वटा मोटरसाइकल नियन्त्रणमा रहेका छन् । यस्तै ट्रक ५८ वटा, स्कुटर ५६ वटा नियन्त्रणमा छन् भने जीप, कार ४० वटा नियन्त्रणमा छन् । यसैगरी अटो २७, ट्रयाक्टर १८, टिप्पर १२, बस ८ र जेसिबी एक गरी एक हजार ५१ वटा सवारीका साधन नियन्त्रणमा लिइएको छ । 
नियन्त्रणमा लिइएको सवारी साधनहरु अहिले जिल्ला ट्राफिक कार्यालयमा राखिएको छ । नियन्त्रणमा रहेका सवारीका साधन लकडाउन सकिएपछि मात्रै सवारीधनीलाई फिर्ता दिने जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरिक्षक प्रेम रेग्मीले जानकारी दिए । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी