×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लकडाउन लागू गरेको आज ३४ औं दिन, जनजीवन प्रभावित (भिडियो रिपोर्ट)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

लकडाउन लागू गरेको आज ३४ औं दिन, जनजीवन प्रभावित (भिडियो रिपोर्ट)

Artha Sarokar

१४ बैशाख २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थसरोकार सम्बाददाता 
काठमाडौं । आइतबार काठमाडौं उपत्यकाका सडकहरुमा पुग्दा अत्यावस्यक ढुवानीका साधनहरु एवं अत्यावस्यक सेवाका सवारी साधनहरु चलेका थिए । सडकमा नागरिकको आवागमन देखिदैन भने सहरका भित्रि सडकमा पनि आफ्नो घर नजिकको पसलसम्म पुगेर किनमेल गर्नबाहेक मानिसहरु बाहिर निस्केका छैनन् । सहरका मुख्य सडकहरु सुनसान छन भने चोकचोकमा बसेका सुरक्षाकर्मीले चेकजाँचलाई कडाई पारेका छन् ।
सरकारले वैशाख १५ गते अर्थात भोली सोमबार सम्मका लागि लकडाउनको अवधि तोकेको छ । तर शनिबार कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनको समय अझै बढाउनुपर्ने सुझाव सरकारलाई दिएको छ । जसले गर्दा अझै केही दिन लकडाउनको समय बढ्ने सम्भावना छ । यससम्बन्धी निर्णय आज बस्ने मन्त्रिपरिषद्को बैठकले गर्ने छ । नेपालमा अहिले सम्म कोरोना भाइरस संक्रमण भएका व्यक्तिहरुको संख्या ५१ पुगेको छ । हेर्नुहोस भिडियो :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी