×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लक डाउन अवधि दोश्रोपटक पुन: एक हप्ता थप्ने सरकारको तयारी !

GLOBAL IME BANK

लक डाउन अवधि दोश्रोपटक पुन: एक हप्ता थप्ने सरकारको तयारी !

१९ चैत्र २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । लकडाउनको अवधि पुन: थपिने संकेत देखिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिका अधिकारीले पुन : एक साता लकडाउन थपिए कोरोनाको प्रकोप निमिट्यान्न हुने सल्लाह गरिरहेको र सोहि अनुसार बैठकमा निर्णय गरी मन्त्री परिषद्मा पठाउन लागिएको एक मन्त्रीले जानकारी दिएका छन् ।
‘अस्ति पनि १४ दिनसम्म समय थप्न छलफल भएको थियो । ७ दिन थपेर हेरौं भन्ने छलफल भएको थियो । अहिले नयाँ संक्रमित देखिएका छैनन् । तर अझै पनि जोखिम छ । एक हप्ता पुन थपेर अगाडी बढ्नुपर्छ भन्ने छलफल जारी छ । अर्को एक हप्ताको लागि अवधि थपिने सम्भावना उच्च छ । अव प्रधानमन्त्रीले के भन्नुहुन्छ भन्ने कुरा हो ।’ ती मन्त्रीले भने । जसरी हुन्छ नेपालमा कोरोना रोकथाम गर्ने सरकारको उद्देश्य रहेको उनको भनाइ छ । ‘केहि समय लकडाउनको अवधि थपेर केहि बिग्रिंदिन । जनताको स्वास्थ्यभन्दा ठुलो कुरा केहि हुन सक्दैन ।’ उनले भने ।    
अहिले कोरोना संक्रमणक संख्या ५ पुगेको छ । जसमा १ जनालाइ भने निको भइसकेको छ । यस्तै कोरोनाको महामारी फैलन नदिन स्थानीय तहलाई अझै प्रभावकारी रुपमा परिचालन गर्ने तयारी छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: