काठमाडौं । उच्चस्तरीय समन्वय समितिको कार्यदलले लकडाउन एक साता थप गर्न सरकारलाई सिफारिस गरेको छ । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले वैशाख १५ बाट एक साता लकडाउन लम्ब्याउनुपर्ने राय दिएको हो । त्यसपछि अर्को मोडलमा जान सकिने बताइएको छ ।
त्यही राय बोकेर समन्वय समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल सहितका मन्त्रीहरु बालुवाटार पुगेका छन् । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कार्यदलको राय र बैठकमा आएका विकल्पहरुबारे ब्रिफिङ गर्नेछन् । यसअघि नै अर्थ सरोकार डटकमले लकडाउन एक साता लम्बिन लागेको खबर ब्रेक गरेको थियो ।