×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सुन्दै कहालीलाग्दो यथार्थ…! सिन्धुपाल्चोकबाट हिंडेरै धनगढीसम्मको यात्रामा छन् उनीहरु… (फोटो / भिडियो)

  • अर्थ सरोकार सम्बाददाता
आजकल बाटोमा यस्ता धेरै दृश्य देखिन्छन्, जहाँ मानिसहरु हिंडेरै गन्तब्यसम्म पुग्ने कोसिस गरिरहेका छन् । जानु छ धेरै टाढा । हातमा मजदुरी झोला, परिवार छोराछोरी अनि गन्तब्य पुगेर पेट भरिने आश । कोरोनाको प्रकोपसँग लड्न सरकारले गरेको लकडाउनले निम्त्याएको सबैभन्दा नमिठो परिदृश्य हो यो । लकडाउनको समय लम्बिदै जाँदा दैनिक ज्याला मजदुरी गरेर घर परिवार चलाउने विपन्न परिवारका मजदुरहरु मारमा पर्न थालेका छन् । र त उनीहरुसँग घर जाने विकल्प छैन ।
डेरामा खाना सिद्धियो । भएको पैसा सिद्धियो । बच्चाहरु भोकै सुताउनुपर्ने अवस्था आयो । निकै टाढा घर भएपनि आखिर आफ्नो घर भनेको ‘आफ्नै’ हुनेरहेछ सायद । एक गाँस नदिने यो पापी शहर र गरिबको वास्ता नगर्ने सरकारलाई सराप्दै घर जानुको विकल्प छैन उनीहरुसँग । र त निर्विकल्प आँट बटुलेर गन्तब्यमा पुग्नेगरी उनीहरु हिंडीरहेका छन् । र काभ्रेबाट बाँके, बर्दिया, सिन्धुली लगायतका ठाउँमा जाने यी विवस् पात्रहरुसँग हिड्नुबाहेक अर्को विकल्प छैन । 
अझ हामीले बाटोमा यस्तो समूह भेट्यौं जसको कथा निकै दर्दनाक छ । यो समूहमा केहि सुर्खेत हिंडेका छन् भने केहि धनगढी । सिन्धुपाल्चोकबाट सुरु भएको उनीहरुको यात्रा गन्तब्यसम्म पुग्छ कि पुग्दैन भन्नेमै शंका छ । किनकि बागमती प्रदीशको सिन्धुपाल्चोकबाट सुदुरपश्चिमको धनगढीको बाटो निकै लामो छ । न त उनीहरुसँग यात्रालाई पुग्ने खाने कुरा छ, न सधैं हिड्ने रफ्तार हुनेछ । तर पनि एक महिना हिंडे त घर पुगिन्छ भन्ने छ उनीहरुलाई । मजदुरी गर्न सिन्धुपाल्चोक पुगेका उनीहरु लकडाउनका कारण काम नभएपछी यसरी घर फर्किन कस्सिएका हुन् । यसो त उनीहरुसँग अरु विकल्प पनि छैन ।
हिंडेरै घर जान एक त बाटो लामो छ, अर्कोतर्फ प्रहरीले उनीहरुलाई ठाउँ ठाउँमा रोकेको छ । कुरा सुन्दै पनि प्रहरीका आँखामा पनि आँशु आएका छन् । जनताको यो हविगत देखेर सरकार पनि अझै पनि पग्लिएको देखिंदैन । कोरोनाको महामारी एकातर्फ , जसलाई रोक्नु हामी सबैको विकल्प हो । तर सर्वहारा बर्गको पार्टी भनेर आफुलाई दाबी गर्ने पार्टीको सरकार भएका बेला यस्तो बिजोग देखिनु भने लज्जास्पद कुरा हो । 

हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: