
काठमाडौँ – न्यूजिल्याण्डमा लकडाउन खुकुलो पारिएको छ । न्यूजिल्याण्ड कोरोनाको अति उच्च जोखिमबाट एक तह तल झरेको छ । अब न्यूजिल्याण्डमा तेस्रो स्तरको लकडाउन छ । यसअन्तर्गत मानिसहरु अहिले पनि आफ्नो घरभित्रै बस्नुपर्छ तर उनीहरु आफ्ना नजिकका आफन्तलाई भेट्न सक्छन् र आइसोलेशनमा बसिरहेका मानिसहरुलाई मद्दत गर्न सक्छन् ।
मानिसहरु सम्भव भएसम्म आफ्नो घरमै बस्ने कोसिस गर्नुपर्छ र पसलेहरुले सम्पर्कविहिन सेवा प्रदान गर्न सक्छन् । रेष्टुरेन्टमा हालसम्म अनलाइन डेलिभरीको सुविधा थियो भने अब त्यहाँबाट खाना प्याक गरेर लैजान सकिन्छ ।
मानिसहरु आफ्ना नजिकका आफन्त र परिवारका सदस्यसँग पार्क वा समुद्र किनारमा जान सक्छन् ।
स्कूल खोल्न सकिनेछ तर उनीहरुले सामाजिक दूरीको पालना गर्नुपर्नेछ । ठूलो संख्यामा मानिसहरु जम्मा हुन र सार्वजनिक स्थान खोल्न अहिले पनि प्रतिबन्ध छ । -एजेन्सी
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्