
अर्थ सरोकार सम्बाददाता
काठमाडौं। लकडाउन अवधिमा आम-उपभोक्ताको किनमेल सहज बनाउन काठमाडौं महानगरपालिकाभित्र सोमबार(आज)देखि बिहान १० बजेसम्म पसलहरु खोल्न पाइने भएको छ।
महानगरपालिकाले स्थानीय प्रहरीसँगको समन्वय बिहान १० बजेसम्म किनमेल गर्ने व्यवस्था मिलाएको हो । मेयर विद्यासुन्दर शाक्यले महानगरका सबै वडाध्यक्षलाई स्थानीय प्रहरीसँग समन्वय गरेर बिहान १० बजेसम्म किनमेल गर्ने व्यवस्था मिलाउन आग्रह गरेका छन्।
मेयर शाक्यको अध्यक्षतामा महानगरको कार्यपालिका बैठक बसेको थियो । बैठकमा मेयर शाक्यले सबै वडाध्यक्षहरु १० बजेसम्म पसल खोल्ने व्यवस्था मिलाउन आग्रह गरेका थिए । यसमा वडाध्यक्षहरु पनि सकारात्मक छन् ।
सरकारले पाँचौँ पटक लकडाउन अवधि थप गर्दै वैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । सरकारले गत चैत ११ गतेदेखि जारी गरेको देशव्यापी लकडाउनलाई जारी राखेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्