
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – कोरोना भाइरसका कारण अमेरिकामा एक नेपालीको ज्यान गएको छ । गत शुक्रबार अमेरिकाको कोलोराडो राज्यको बोल्डर निवासी लोकेन्द्र कार्कीको मृत्यु भएको हो । कार्की लामो समयदेखि बोल्डरमा सपरिवार बस्दै आएका थिए । उनका दुई छोरी र एक छोरा छन् । नेपाल आएकी उनकी श्रीमती लकडाउनका कारण नेपालमै रोकिएकि छिन् ।
कोरोनाका कारण कोलोराडोमा तीनजना नेपाली भाषीको निधन भइसकेको छ । यसमा एक भुटानी र दुई नेपाली छन् । अरू दुईजनाको अवस्था गम्भीर भएको बताइन्छ। अमेरिकी सरकारले यस राज्यमा तीन हजारभन्दा बढी नेपालीभाषी भुटानीलाई बसोबास गराएको थियो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्