×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाका बेला ‘धर्म बिर्सने’ लुम्बिनी प्रादेशिक अस्पतालका ५ चिकित्सक बर्खास्त

PRIME CA

कोरोनाका बेला ‘धर्म बिर्सने’ लुम्बिनी प्रादेशिक अस्पतालका ५ चिकित्सक बर्खास्त

२६ चैत्र २०७६, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता

बुटवल – लुम्बिनी प्रादेशिक अस्पतालमा पाँच चिकित्सकलाइ बर्खास्त गरेको छ । विश्वव्यापी रुपमा कोरोना भाइरस फैलिरहेको अवस्थामा कार्यालयमा हाजिर नभएपछि बर्खास्त गरिएको अस्पतालले जनाएको छ। 
यता प्रदेशको सामाजिक विकास मन्त्रालयले कुनै पनि स्वास्थ्यकर्मीलाई संकटको यस घडीमा बिदामा नबस्‍न आग्रह गरेको छ । तर स्वास्थ्यकर्मीहरुकोरोना त्रासका कारण हाजिर नभएपछि बर्खास्ती गरिएको हो ।रेडियोलोजी विभागमा कार्यरत डा. बरदान वली र ताराप्रसाद शर्मा, आकस्मिक विभागमा कार्यरत डा. प्रकृति कार्की, नाक, कान घाटी विभागका डा. प्रकाश न्यौपाने र न्यूरो सर्जन डा. सुवासचन्द्र चौधरीलाई सेवाबाट हटाइएको हो ।
प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डन डा.राजेन्द्र खनालका अनुसार चिकित्सकको हरेक दिन हाजिर सामाजिक विकास मन्त्रालयमा पठाउनुपर्ने र मन्त्रालयले हाजिरी नदेखेपछि बर्खास्ती गरेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: