×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माछापुच्छ्रे बैंकका सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने नायव महाप्रबन्धकमा बढुवा

PRIME CA
GLOBAL IME BANK

माछापुच्छ्रे बैंकका सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने नायव महाप्रबन्धकमा बढुवा

१५ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । माछापुच्छ्रे बैंकमा सहायक महाप्रबन्धकको जिम्मेवारीमा रहेका सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने नायव महाप्रबन्धक पदमा बढुवा भएका छन् । बैंकले बैंकिङ क्षेत्रमा लामो अनुभव बटुलिसकेका थापा र न्यौपानेलाई क्रमशः बैंकको समग्र बिजनेस र अपरेसन हेर्ने गरी जिम्मेवारी दिएको हो । 
बैंकिङ क्षेत्रमा २० बर्षको अनुभव भएका सर्जुकुमार थापाले सन् २००० बाट बैंकिङ्ग करियर सुरु गरेका हुन् । थापासँग बैंक अफ काठमाण्डू तथा सानिमा बैंकमा काम गरेको अनुभव छ । उनी कर्जा व्यवस्थापन, ट्रेड फाइनान्स, जोखिम व्यवस्थापन लगायतका विषयमा अब्बल बैंकरमा पर्छन् । न्यौपानेसँग बैंकिङ्ग क्षेत्रमा २२ बर्षको अनुभव रहेको छ । सेल्स र मार्केटिङ्गमासमेत लामो अनुभव भएका उनी सन् २००४ देखि माछापुच्छ्रे बैंकमा कार्यरत छन् । त्यसअघि उनले एभरेष्ट बैंक र एनआइसी बैंकमा पनि गरेका थिए । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: