- अर्थ सरोकार सम्बाददाता
रौतहट । प्रहरीले सयौं लिटर अवैध मदिरा नष्ट गरेको छ । प्रौरहरीले रौतहटको पश्चिम भेग फतुवा बिजयपुर नगरपालिकामा प्रहरीले अबैध मदिरा नष्ट गरेको हो । इन्सपेक्टर चन्द्रकिशोर साहका अनुसार लकडाउनयता ५ सय ५० लिटर अबैध मदिरा नष्ट गरिएको छ ।
महामारीको रूपमा फैलिएको कोरोना भाईरसबाट बच्न सरकारले घोषणा गरेको लकडाउनपछि अबैध मदिरा उत्पादन तथा बिक्री बितरण रोक्न रौतहट प्रहरीले अभियान चलाएको जनाएको छ । जस अन्तर्गत उक्त परिमाणको मदिरा नष्ट गरिएको हो ।