×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘कोरोनाका कारण राष्ट्रबैंकमाथि चुनौति थपिएको छ’ : राष्ट्र बैंकका गभर्नर (भिडियो)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

‘कोरोनाका कारण राष्ट्रबैंकमाथि चुनौति थपिएको छ’ : राष्ट्र बैंकका गभर्नर (भिडियो)

Artha Sarokar

२५ चैत्र २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ को कारण राष्ट्र बैंकमाथि चुनौति थपिएको बताउनुभएको छ ।मंगलबार पदभार ग्रहण गरेपछि पत्रकारहरुसँग कुरा गर्दै नवनियुक्त गभर्नर अधिकारीले कोभिड–१९ को असर अर्थतन्त्रमा पर्ने र त्यसको प्रतक्ष चुनौति राष्ट्र बैंक माथि हुने बताउनुभएको छ । उहाँले वित्तीय क्षेत्रलाई खराब अवस्थमा जान नदिन र नागरिकको विश्वासलाई जोगाउनका लागि धेरै खालका वित्तीय उपकरणहरु प्रयोग गरिने समेत बताउनुभयो ।
प्रधानन्यायाधीस चोलेन्द्र शम्शेर जवरा समक्ष मंगलबार बिहान सपथ ग्रहण गरेपछि गभर्नर अधिकारी बालुवाटार स्थित केन्द्रीय बैंकको कार्यालय पुगेर पदभार ग्रहण गर्नुभएको हो । मन्त्रिपरिषद्को सोमबारको बैठकले अधिकारीलाई नेपाल राष्ट्र बैंकको १७ औं गभर्नरको रुपमा नियुक्त गरेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी