×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डेपुटी गभर्नर हुँदाको त्यो ‘घटना’, जसले ‘सिए हुनुमा गर्व महसुस’ गरायो महालाई…! (भिडियोसहित)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

डेपुटी गभर्नर हुँदाको त्यो ‘घटना’, जसले ‘सिए हुनुमा गर्व महसुस’ गरायो महालाई…! (भिडियोसहित)

Artha Sarokar

२४ चैत्र २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । मन्त्रिपरिषदको बैठकले महा प्रसाद अधिकारीलाई राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको छ ।अर्थमन्त्री डा. युवराज खतिवडा संयोजकत्वको सिफारिस समितिले अधिकारीसँगै बरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र पूर्व अर्थसचिव राजन खनाललाई गभर्नरमा सिफारिस गरेको थियो । अधिकारी लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए । चार्टर्ड एकाउन्टेन्ट अधिकारी नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर पनि हुन् ।

‘सफलताको कारण सिएको पढाइ’
५ वर्ष अगाडि गभर्नर पदको लागि नाम सिफारिस भएपनि महाप्रसाद अधिकारी राष्ट्र बैंकको गभर्नर बन्न पाएनन् । नोटमा हस्ताक्षर गर्ने अधिकारीको इच्छा अधुरो नै रह्यो । अब भने उनको त्यो इक्षा पूरा हुने भएको छ । ५ वर्षे कार्यकालको लागि उनी नेपाल राष्ट्र बैंकको गभर्नर बनेका छन् । अधिकारीले राष्ट्र बैंकमा २६ वर्ष काम गरेका छन् । ५ वर्ष डेपुटी गभर्नर भएरै काम गरेका अधिकारी अर्थमन्त्रीका निकै प्रिय पात्र मानिन्छन् । खोटाङमा जन्मेका अधिकारी राष्ट्र बैंककै तर्फबाट सिए पढ्न भारत गएका थिए । सिए सकेर उनी पुन: काममा फर्किए । केहि समय अगाडी भएको सिए कन्फेरेन्समा उनले भनेका थिए, ‘म जे भएँ, आज जे छु, सबै सिएको पढाइले सिकाएका चीजहरुका कारणले छु ।’
त्यो घटना, जसले सिए हुनुको गर्व महसुस गरायो…
चिन्तामणि डेपुटी गभर्नर थिए । २०१३ को कुरा हो, युएनको उपाध्यक्ष नेपाल आएका थिए । उनले गभर्नरलाई फाइनान्सियल क्राइसिसबाट बाहिर आएकोमा बधाई दिए । त्यो बेला गभर्नरले उनलाई हेरेर, ‘ उहाँ महाप्रसाद अधिकारी, चार्टड एकाउन्टेन्ट । म होइन उहाँले गर्दा सबै सम्भव भयो’ भने ।   त्यो दिन  उनले सिए भएकोमा गर्व गरे ।’ बाँकी उनको भोगाई उनकै मुखबाट सुन्नुहोस् : 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी