×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गभर्नर अधिकारीद्वारा पदभार ग्रहण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

गभर्नर अधिकारीद्वारा पदभार ग्रहण

Artha Sarokar

२५ चैत्र २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर सिए. महाप्रसाद अधिकारीले पदभार ग्रहण गरेका छन् । मंगलबार बिहान उनले पदभार ग्रहण गरेका हुन् । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले अधिकारीलाई ५ वर्षे कार्यकालको लागि गभर्नर पदमा नियुक्त गरेको थियो ।
उनलाई डेपुटी गभर्नरहरु चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठसहित केन्द्रीय बैंकका उच्च कर्मचारीहरुले राष्ट्र बैंकमा स्वागत गरेका थिए । अधिकारीलाई सर्बोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले शपथ खुवाएका थिए । सर्बोच्चमा सपथ खाएपछि अधिकारी राष्ट्र बैंक पुगेर पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गर्दै उनले कोरोना भाइरसको कारण नेपाली अर्थतन्त्रमा पर्न सक्ने प्रभार र आवश्यक नीतिगत प्रकृयाको बारेमा अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेका छन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी