Skip to content
LAXMI SUNRISE BANK

महाप्रसाद अधिकारी गभर्नर भएपछि खोटाङ जिल्लाबासीमा उल्लास, ‘हामी खुसीमात्र होइन ‘महाखुसी’ भएका छौं…’

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
खोटाङ । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर पदमा चार्टड एकाउन्टेन्ट महाप्रसाद अधिकारीलाई नियुक्त गरेपछि उनका जिल्लाबासीमा खुशी छाएको छ । सरकारले सोमबार उनलाई गभर्नर पदमा नियुक्त गरेको थियो । आफ्ना गाउँका मान्छे गभर्नरजस्तो गरिमामय पदमा पुगेपछि अहिले सामाजिक सञ्जालमार्फत उनलाई बधाई तथा शुभकामना दिने लहडनै चलेको चलेको छ । खोटाङको खोटेहाङ गाउँपालिका–८ सिम्पानीस्थित बर्रे स्थायी भएका अधिकारी जिल्लाबाट चार्टड एकाउन्टेन्सी उत्तीर्ण हुने पहिलो व्यक्तिसमेत हुन् ।
‘हामी निकै खुसी भएका छौं । खुसीभन्दा पनि महाखुसी भएका छौं ।’ एक स्थानीयले अर्थ सरोकारसँग भने, ‘आफ्नो गाउँको मान्छे ठुलो ठाउँमा पुग्दा को खुसी हुन्न र ? हाम्रो खुसीको सिमा छैन ।’   
अधिकारीको कार्यकाल पाँच वर्षको रहनेछ । उनले खोटाङको सिम्पानी माविबाट वि सं. २०३८ सालमा एसएलसी उत्तिर्ण गरेका थिए । यस्तै नवनियुक्त गभर्नर अधिकारीले मंगलवार पदभार सम्हालेका छन । उनले सर्वोच्च अदालतमा प्रधानन्यायधीश चोलेन्द्र सम्सेर राणाद्धारा नेपाल राष्ट्र बैंकको गभर्नर पदको सपथ खाएपछि मंगलवार नै पदवहाली गरेका हुन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK