×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना नियन्त्रण कोषमा महालक्ष्मी विकास बैंकले गर्यो ५० लाख आर्थिक सहयोग

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

कोरोना नियन्त्रण कोषमा महालक्ष्मी विकास बैंकले गर्यो ५० लाख आर्थिक सहयोग

Artha Sarokar

२६ चैत्र २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – महालक्ष्मी विकास बैंकले कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि ५० लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।जसमध्ये संस्थाले संघीय सरकारलाई १२ लाख रुपैयाँ, प्रत्येक प्रदेश सरकारलाई ४ लाख रुपैयाँका दरले २८ लाख रुपैयाँ र विभिन्न स्थानिय क्षेत्रहरुमा १० लाख रुपैयाँ सहयोग गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले बताएका छन् ।
बैंकले प्रदान गर्ने उक्त सहयोग केन्द्रीय सरकारलाई नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गरिने, प्रदेशहरुमा प्रदेश सरकारलाई हस्तान्तरण गरिने र स्थानिय तहहरुमा शाखाहरुसँग समन्वय गरि वितरण गरिने विकास बैंकले जनाएको छ । यस असहज परिस्थितिमा उक्त सहयोगले कोरोना भाइरस संक्रमणको महामारी रोक्न, नियन्त्रण तथा संक्रमितहरुको उपचार गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी