- अर्थ सरोकार सम्बाददाता
बर्दिबास – महोत्तरीमा आगलागी हुँदा १४ लाखभन्दा बढीको क्षति भएको छ । बुधबार मध्यरातमा जिल्लाको लोहारपट्टी नगरपालिका – ५ स्थित गुलाम रहशुलको ट्याक्टर र थ्रेसर राख्ने जस्ताको घरमा भएको आगलागीमा परेर ज १ त ७८६० नम्वरको ट्रेक्टर, थ्रेसर (गहुँ, धान कुटने यन्त्र) लगायतका सामान र उक्त समान राखिएको घर जलेर नस्ट हुँदा १४ लाखभन्दा बढीको क्षति भएको हो ।
आगो लागेको ठाउँमा पेट्रोलको गन्ध आएको हुँदा कसैले नियतिबस आगो लगाएको हुन सक्ने स्थानीयले आशंका गरेका छन् । घटनाको बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको महोत्तरी प्रहरीले जनाएको छ ।