×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

के तपाईको घर मकवानपुर हो ? मकवानपुरबासीलाई लैजान आज १३ बस काठमाडौं आउँदै !

GLOBAL IME BANK
SHREE KESH

के तपाईको घर मकवानपुर हो ? मकवानपुरबासीलाई लैजान आज १३ बस काठमाडौं आउँदै !

११ बैशाख २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
मकवानपुर – लकडाउनका कारण काठमाडौँमा अलपत्र परेका मकवानपुर जिल्लाका नागरिकलाई ल्याउन आज १३ वटा यात्रुवाहक बस काठमाडौं तर्फ आएका छन् । उक्त बसहरु हेटौंडाबाट काठमाडौँतर्फ हिडिसकेका छन् । मकवानपुर घर भएका करिब १ महिना लामो लकडाउनले गर्दा काठमाडौँमा समस्यामा परेका मानिसहरुलाई ल्याउन बसहरु पठाईएको हो ।
बागमती गाउँपालिकाले इन्धन खर्च बेहोर्ने गरी १० वटा बस काठमाडौंतर्फ पठाईएको गाउँपालिका अध्यक्ष सर्केश घलानले जानकारी दिए । यस्तै हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१८ बाट पनि ३ वटा यात्रुबाहक बस काठमाडौं आएका छन् । करिब ४ सय जना लिएर उक्त बसहरु आजै बेलुका मकवानपुर पुग्ने बताइएको छ । 
उद्दार गरी ल्याईएका सबैको स्वास्थ्य परीक्षण पछि मात्रै होम क्वारेन्टाईनमा पठाउने व्यवस्था गरिएको बताईएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: