- अर्थ सरोकार सम्बाददाता
काठमाडाैं – मलेसियामा कोरोना सङ्क्रमित दुई जना नेपाली निको भएका छन् । मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले मलेसियामा अहिलेसम्म तीन जना नेपाली श्रमिकमा कोरोना सङ्क्रमण देखिएको र उनीहरु मध्ये दुई जना निको भएर काममा फर्किएको जानकारी दिए ।
एक जना सङ्क्रमितको भने अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य नै रहेको राजदूत पाण्डेले बताए । मलेसियामा अहिलेसम्म ५ हजार ६०३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । जसमध्ये ३५ सय ४२ जना निको भएका छन् भने १९ सय ६६ जनाको अस्पतालमा उपचार भइरहेको छ । कोरोनाका कारण मलेसियामा ९५ जनाको ज्यान गएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्