- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – मलेसियामा कोरोना भाइरस नियन्त्रण गर्न मे १२ अर्थात वैशाख ३० सम्मका लागि लकडाउन लम्बिएको छ । बिहीबार साँझ प्रधानमन्त्री मुहयीद्दिन यास्सिनले लकडाउन लम्ब्याउने घोषणा गरेका हुन् ।
कोरोना भाइरस संक्रमणको रोकथाम गर्न सरकारले गत १८ मार्च ९चैत ५० देखि लकडाउन गरेको थियो । प्रधानमन्त्री यास्सिनले विद्यार्थी तथा घरभन्दा टाढा रही घर फर्किन चाहनेलाई फर्किन दिने निर्णय गरेका थिए ।उनले होस्टेलमा बसिरहेका करिब एक लाख विद्यार्थीहरूलाई घर जान दिने निर्णय गरेका थिए । साथै भन्दा टाढा रहेका व्यक्तिहरूलाई घर जान दिने बताएका छन्।
मलेसियामा कोरोना भाइरस संक्रमित संख्या पाँच हजार बढी छ भएन मृत्यु हुनेको संख्या ९५ पुगेको छ ।