- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । शनिबार अपराह्न ४ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । बैठकमा सरकारले घोषणा गरेको लकडाउन र स्वास्थ्य सामग्री खरिदलगायतका विषयमा छलफल हुने बताइएको छ ।
लकडाउनलाई निरन्तरता दिने/नदिने बारेमा पनि मन्त्रिपरिषद् छलफल हुने बुझिएको छ । साथै स्वास्थ्य सामग्री खरिदका सम्बन्धमा पनि आजको बैठकमा छलफल हुने र अन्य नियमित एजेण्डामाथि छलफल हुने बताइएको छ ।