- अर्थ सरोकार सम्बाददाता
पर्सा – शनिबार अपराह्नदेखि अनिश्चितकालका लागि पर्साका सम्पूर्ण औषधि पसल बन्द गराएको छ । नेपाल औषधि व्यवसायी सङ्घ पर्साका अध्यक्ष ताजुद्दीन अन्सारीमाथि प्रहरीले गरेको दुव्र्यवहारको विरोध गर्दै सङ्घले जिल्लाभरिका औषधि पसल बन्द गराएको हो ।
सङ्घका अध्यक्ष अन्सारीलाई तरकारी खरिद गर्न निस्केका बेला प्रहरीले दुव्र्यवहार गरेको र मोटरसाइकल नियन्त्रणमा लिएको विरोधमा सङ्घले पसल बन्द गराएको नेपाल औषधि व्यवसायी सङ्घ प्रदेश नं २ का महासचिव पप्पु झाले जानकारी दिनुभयो । साथै, उहाँले लकडाउनका क्रममा औषधि व्यवसायीमाथि प्रहरीले गर्दै आएको दुव्र्यवहारलाई रोक्न स्थानीय प्रशासनलाई पटकपटक जानकारी दिँदा पनि घटना रोकिनुको सट्टा पर्साका अध्यक्षमाथि नै दुव्र्यवहार भएपछि बाध्य भएर पसल बन्द गराउनु परेको बताए ।
जिल्लामा सञ्चालित औषधि पसल बन्द भएपछि उपभोक्ता भने मारमा परेका छन् । अतिआवश्यक औषधि खरिद गर्न नपाउँदा आफन्तको ज्यान नै जोखिममा पर्ने हो कि भन्नेमा उपभोक्ता चिन्तित छन् ।
यसै विषयमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतसँग बुझ्दा उहाँले तोकिएको समयमा खाद्य सामग्री खरिद गर्न जाँदा सवारी साधन प्रयोग गर्न स्थानीय प्रशासनले लगाएको प्रतिबन्ध उल्लङ्घन गरेकाले अन्सारीको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्