×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना भाइरस नियन्त्रण तथा रोकथाम लागि मेगा बैंकको एक करोड ३५ लाख सहयोग…

GLOBAL IME BANK

कोरोना भाइरस नियन्त्रण तथा रोकथाम लागि मेगा बैंकको एक करोड ३५ लाख सहयोग…

२० चैत्र २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मेगा बैंकले कोरोना भाइरस रोकथामका लागि स्थापना गरिएको कोषमा एक करोड ३५ लाख रुपियाँ सहयोगको घोषणा गरेको छ । कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि केन्द्रीय सरकारले स्थापना गरेको कोषमा एक करोड रुपियाँ र सातै वटै प्रदेशले स्थापना गरेको कोषमा ५–५ लाख गरी जम्मा एक करोड ३५ लाख रुपियाँ सहयोग गर्ने निर्णय मेगा बैंक सञ्चालक समितिले गरेको हो । सहयोग रकम केन्द्रीय र प्रदेश सरकारको कोषमा जम्मा गरिने मेगा बैंककी प्रमुख कार्यकारी (सीईओ) अधिकृत अनुपमा खुञ्जेलीले जानकारी दिइन् ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग रकमभित्र मेगा बैंकका १२ सय भन्दा बढी कर्मचारीका साथै सञ्चालक समितिका सदस्यहरुले पनि व्यक्तिगत योगदान गर्नेछन् । जसअन्तर्गत सहायक तहका कर्मचारीले २ दिनको तलब, अधिकृत तहका कर्मचारीले ३ दिनको तलब, प्रबन्धक तहका कर्मचारीले ४ दिनको तलब र उच्च व्यवस्थापन तहले ५ दिनको तलब बराबरको रकम करिब ३० लाख ८७ हजार रुपियाँ प्रदान गर्नेछन् । त्यसैगरी बैंक सञ्चालक समितिका प्रत्यक सदस्यले २५ हजार सहयोग गर्दै एक लाख ७५ हजार रुपियाँ प्रदान गर्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: