×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेन्ज फाउण्डेशनद्वारा अफ्ठ्यारोमा परेका नागरिकहरुलाई निःशुल्क खाना खुवाउँदै (भिडियो रिपोर्ट)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

मेन्ज फाउण्डेशनद्वारा अफ्ठ्यारोमा परेका नागरिकहरुलाई निःशुल्क खाना खुवाउँदै (भिडियो रिपोर्ट)

Artha Sarokar

१५ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थसरोकार सम्बाददाता
काठमाडौं । ठमेल क्षेत्रमा मेन्ज फाउण्डेशले लक डाउनका कारण अफ्ठ्यारोमा परेका नागरिकहरुलाई निःशुल्क खाना खुवाइरहेको छ । फाउण्डेशनले लक डाउनको भोलिपल्टबाट नै ठमेल क्षेत्रमा अफ्ठ्यारोमा परेका स्वदेशी तथा विदेशी नागरिकहरुलाई निःशुल्क खाना खुवाईरहेको हो । फाउण्डेशनले प्रतिदिन २ सय जनालाई खानामा विरयानी खुवाइरहेको छ । हरेक दिन विहान खानामा विरयानीसँगै फाउण्डेशनले मास्क पनि वितरण गरिरहेको छ । सुरुको दिन ५०, ६० जनालाई खाना बाँडेको फाउण्डेशनले अहिले २ सय जनालाई निःशुल्क खाना र मास्क वितरण गरिरहेको फाउण्डेशनका अध्यष मिन्हाज खानले बताउनुभयो ।
अध्यक्ष खानले प्रतिदिन १० हजार बराबरको खाना र मास्क वितरण गरिरहेको बताउनुभयो । केही साथीहरुको सहयोग प्राप्त भएपनि आवश्यक अन्य रकम फाउण्डेशनबाटै व्यवस्थापन भइरहेको उहाँले बताउनुभयो । फाउण्डेशनले अहिलेसम्म विभिन्न अस्पताल र संघसंस्थाहरुलाई करिब ७ सय पिपिइ पनि वितरण गरेको उहाँले बताउनुभयो । फाउण्डेशनले एक महिना भन्दा बढि समयदेखि निःशुल्क खाना दिएपनि लक डाउनका कारण नियमित काममा फर्किने वातावरण नभएको गुनासो स्थानीयले गरेका छन् । सरकारले दैनिक ज्यालामजदुरी गर्नेहरुका लागि केही गर्न नसकेको आरोप स्थानीयको छ ।
सरकारले लक डाउनको समय वैशाख २५ सम्मका लागि थपेको छ । यसअघि पहिलो पटक चैत ११ गतेबाट लागु हुनेगरी एक हप्ता लक डाउन घोषणा गरिएको थियो । लक डाउनका कारण दैनिक ज्यालादारी गर्ने श्रमिकहरुलाई समस्या भएको छ । हेर्नुहोस् भिडियो :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी