Skip to content
LAXMI SUNRISE BANK

कुहिएको दाल वितरण गर्ने बाराका मेयर धरौटीमा रिहा, कति तिरे धरौटी रकम ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । राहतको नाममा कुहिएको दाल वितरण गरेको आरोपमा पक्राउ परेका कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादव धरौटीमा रिहा भएका छन् । मेयर यादवसहित १२ जना बुधबार राती जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रुद्रप्रसाद पण्डितको आदेशमा धरौटीमा रिहा भएका हुन् । 
जिल्ला न्यायाधिवक्ता महेन्द्र थापाका अनुसार मेयर यादव र दाल व्यापारी तेजकरण जैनले जनही २ लाख ८१ हजार रुपैयाँ धरौटी तिरेर छुटेको हुन् । यस्तै वडा नम्बर १– वडाध्यक्ष हरिओम सोनार, ७–का सर्फुल्लाह अन्सारी, ११– का सर्वनारायण चौधरी, १३–का राजनप्रसाद कुर्मी, २६–का महेश साह, २७–का हक, २०–वडाका वडासचिव खेदु मियाँ अन्सारी, मेयरका भाइ रवीन्द्र, कोल्डस्टोरका कर्मचारी कृष्ण यादव र बच्चुले जनही ६० हजार धरौटी तिरेर छुटेका छन् । 
मेयर यादव मंगलबार, उनका भाइ रवीन्द्र यादव, कोल्डस्टोरका कर्मचारी बच्चु यादव, २७ नम्बर वडाध्यक्ष रेयाजुल हक बुधबार र अन्य अभियुक्त केही दिनअघि पक्राउ परेका थिए ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK