
- अर्थ सरोकार सम्बाददाता
काठमाडौ । सरकारले कोरोना नियन्त्रण तथा राहतको लागि ४ अर्ब रुपैयाँ निकासा गरेको छ । अर्थमन्त्रालयले कोरोना भाइरसको संक्रमणको बेला सकृय बिभिन्न मन्त्रलायलाई उक्त रकम निकासा गरेको हो । रक्षा, स्वास्थ्य, शिक्षा, पर्यटन लगायतका मन्त्रालय मार्फत खर्च हुने गरि ४ अर्ब रुपैयाँ थप निकासा तथा रकमान्तर भएको अर्थका प्रवक्ता उत्तरकुमार खत्रीले बताए । कोरोना रोकथाम तथा उपचारमा प्रयोग हुने स्वास्थ्य सामग्री तथा उपकरण खरिदका लागि उक्त रकम निकासा तथा रकामान्तर गरिएको उनले बताए।
सबैभन्दा बढ़ी रक्षा मन्त्रालयलाई २ अर्ब ३४ करोड निकासा गरिएको छ भने त्यसपछि स्वास्थ्य मन्त्रालयलाई १ अर्ब १५ करोड र कोरोना रोकथाम उपचार कोषलाई ५० करोड निकासा गरिएको छ। स्वास्थ्य मन्त्रालय तथा नेपाली सेनाले खरिद गरिरहेको कोरोना उपचारमा प्रयोग हुने स्वास्थ्य सामग्री पनि यहि रकमबाट खरिद गरिएको छ। येस्तै कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकार आफैंले सुरुवाती रकम ५० करोड राखेर खडा गरेको कोरोना कोषमा २ अर्ब १७ करोड जम्मा भएको छ । कोष सञ्चालको लागि निर्देशिका तयार भएपनि खर्च भने हुन सकेको छैन ।
कोष सञ्चालनको अधिकार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कडेलको संयोजकत्वमा बनेको समितिलाई दिईएको छ। समितिले प्राप्त निवेदनहरुलाई अध्ययन गरेर कोषको रकम वितरण गर्नेछ । कोष स्थापनाको उदेश्य सकिएपछि कोषमा रहेको रकम स्वत प्रधानमन्त्री दैवि प्रकोप कोषमा जम्मा हुनेछ। कोषको रकम नियमानुसार भए नभएको नियमन तथा हिसाब किताब महालेखा नियन्त्रक कार्यालयले राख्नेछ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्