
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालय काठमाडौंका एक्सरे टेक्निसियन राज कुमार ढकालविरुद्द २ करोड बढीको भ्रष्टाचारको मुद्दा दायर गरेको छ । आयोगले बुधबार ढकालविरुद्दविशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
आयोगले उनीविरुद्द स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको आरोपमा अदालतमा मुद्दा दायर गरेको जनाएको छ । ढकालले दुई करोड दुई हजार आठ सय छ्यासी रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको खुलेको छ । गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी आफ्नो, श्रीमती निरजरा घिमिरे र राममणी लामिछानेको नाममा चलरअचल सम्पत्ति लुकाई राखेको पुष्टि हुन आएकाले मुद्दा दायर गरिएको बताइएको छ।
भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसूर गरेको देखिँदा ढकाललाई बिगो दुई करोड दुई हजार आठ सय छ्यासी रुपैया पैसठी पैसा कायम गरी भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २० को उपदफा (२) बमोजिम बिगो जरिवाना र कैद सजाय हुनेसमेत बताइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्