×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मिडियाको पावर देखेपछि नेता मुडभरिको बुद्धि पलायो, रेडियो धनगढीसँग माफी माग्दै भने, ‘आत्मआलोचना गर्छु’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

मिडियाको पावर देखेपछि नेता मुडभरिको बुद्धि पलायो, रेडियो धनगढीसँग माफी माग्दै भने, ‘आत्मआलोचना गर्छु’

Artha Sarokar

३० चैत्र २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । विहान रेडियो परिसरमा गएर पत्रकारमाथि हातपात गर्न खोजेका धनगढी उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्षले अन्तत: रेडियोसँग माफी माग्दै आत्मआलोचना गरेका छन् । उनले एक प्रेस बिज्ञप्ति जारी गर्दै ‘आफ्नो कामले रेडियो धन गढी परिवारमा नकारात्मक प्रभाव पर्न गएको भए आत्म आलोचना गर्दछु’ भनेका छन् । विहान उनको हर्कतपछि दिउँसोभर यो खबरले नेपाली मिडिया तातेको थियो ।
मुडभरिको हर्कतको निन्दा गर्दै पत्रकार सम्बद्ध संस्थाहरुले विज्ञप्ति जारी गरेपछि उनले गल्ती महसुस गरेको आशयको विज्ञप्ति जारी गरेका छन् । उनले चामल लुकाएको खबर एक सर्वसाधारणले रेडियोलाई दिएपछि रेडियोमा उक्त खबर प्रशारण भएको थियो । त्यसपछि उनी प्रेसमाथि नै आक्रमण गर्न उक्सिएका थिए । उनको सो हर्कतले उनकै पार्टिभित्र पनि तिब्र आलोचना भएपछी उनले रेडियोसँग माफी मागेका हुन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी