×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बढी मूल्यमा मास्क बेच्ने सर्जिकल पसललाई २ लाख जरिवाना

LAXMI SUNRISE BANK

बढी मूल्यमा मास्क बेच्ने सर्जिकल पसललाई २ लाख जरिवाना

१८ बैशाख २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । दर्ताविना सर्जिकल पसल सञ्चालन गरेको र बढी मूल्यमा मास्क र थर्मल गन विक्री गरेको कसूरमा बुधवार(हिजो) एक सर्जिकल पसललाई कारवाही गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुरको इमाडोलस्थित काठमाडौं ट्रेडिङ प्रालिलाई सोवापत रू.२ लाख जरिवाना गरेको हो । 
सामाजिक सञ्जालमा मास्कलगायत सर्जिकल सामग्रीको बढी मूल्य राखेको गुनासाका आधारमा अनुगमन गर्दा बढी मूल्य लिएको र दर्ता नै नगरी व्यवसाय सञ्चालन गरेको भेटिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कारवाहीस्वरुप जरिवाना गरिएको विभागका सूचना अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए । 
उनका अनुसार उक्त फर्मले रू.४ हजार ५०० मा खरीद गरिएको थर्मल गनलाई रू.८ हजार र एन–९५ मास्कलाई बढी मूल्यमा विक्री गरेको बयानका क्रममा बताएपछि जरिवाना गरिएको हो । विभागले लकडाउन यता (चैत ११ गतेदेखि वैशाख १७) गतेसम्म ९१ ओटा फर्मको अनुगमन गरेको र तीमध्ये अनुचित व्यापार गर्नेबाट जरिवाना स्वरुप रू. ४७ लाख ७५ हजार राजस्व संकलन गरिएको उनले जानकारी दिए । रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी