×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नबिल बैंकको नयाँ ब्याजदर सार्वजनिक, हेर्नुहोस् बचत र कर्जामा कति ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नबिल बैंकले बचत र कर्जाको नयाँ ब्याजदर सार्वजनिक गरेको छ । सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार मुद्दती निक्षेप र साधारण बचतको ब्याज घटेको छ ।
मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ८.२५% र संस्थागततर्फ ७% रहेको छ । यसअघि व्यक्तिगत तर्फ ९.२५% र संस्थागत तर्फ ८.५०% रहेको थियो । बैंकले साधारण बचतको पनि ब्याज घटनाएको छ । साधारण बचतमा सबैभन्दा बढी ५ र सबैभन्दा कम ३% ब्याज रहेको छ । बैंकले हाल १८ प्रकारका बचत खाता सञ्चालनमा ल्याएको छ ।
यस्तै बैंकले कर्जाको लिँदा सबै भन्दा बढी १५.८२% ब्याज तिर्नुपर्नेछ । बैंकबाट हाउजिङ लोन लिँदा १२.८२, मोटरेज, अटो, शैक्षिक धितोकर्जा, पर्सनल ओभरड्राफ्ट, सेयर धितोकर्जा, कृषि कर्जा, पर्यटन लगायत कर्जा लिँदा १२.८२% ब्याज लाग्ने छ । यस्तै विद्युतीय सवारी कर्जा लिँदा ११.८२% ब्याज लाग्ने छ । बैंकका अनुसार चैत महिनामा ७.८२ प्रतिशत आधार दर रहेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: