काठमाडौँ – नबिल बैंकले आज (बुधबार) ३४ शाखा कार्यालयबाट सेवा दिने भएको छ । बैंकले कर्णाली प्रदेश बाहेकका अन्य सबै प्रदेशका ३४ शाखा कार्यालय बाट सेवा दिने जनाएको हो ।
बैंकले प्रदेश १ का ५ शाखा, प्रदेश २ का पनि ५ शाखा, बागमती प्रदेशका ६ शाखा, गण्डकी प्रदेशका ७ शाखा, प्रदेश ५ का ३ शाखा, सूदुरपश्चिम प्रदेशका ८ शाखाबाट सेवा दिने जनाएको छ । बैंकका उक्त शाखा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म खुल्ला रहने छन् भने बागमती प्रदेश अन्तर्गतको किर्तिपुर शाखा भने दिउँसो २ बजेदेखि ४ बजेसम्म खुल्ला रहनेछ ।
हेर्नुहोस्, कहाँ-कहाँ खुल्दैछन् शाखा ?