
काठमाडौं – सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २ अर्ब भन्दा बढी रकम जम्मा भएको छ । मंगलबार साँझ ५ बजेसम्म २ अर्ब १ करोड ८ लाख ६५ हजार १७६ रुपैयाँ जम्मा भएको प्रधानमन्त्री कार्यालयले निकालेको विज्ञप्तिमा उल्लेख छ । सरकाले ५० करोड जम्मा गरेर सुरु गरेको उक्त कोषमा नेपाल आयल निगमले ५० करोड जम्मा गरेको थियो । सरकारले कोरोना भाइरसले नेपालमा महामारीको रुप लिन सक्ने भन्दै यसको रोकथाम, नियन्त्रण तथा संक्रमितको उपचारका लागि सो कोषको स्थापना गरेको थियो ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले विज्ञप्ति जारी गर्दै कोषमा रकम जम्मा गर्नेहरुको नाम पनि उल्लेख गरेको छ । विज्ञप्ति अनुसार कोषमा हिमालय एयरलाइन्सले १ करोड, सनलाईफ इन्स्युरेन्सले ३० लाख १ हजार, नेशनल माइक्रो फाइनान्सले १० लाख, शिक्षा मन्त्रालयले ९ लाख ८८ हजार ८८७, प्रभु लाइफ इन्स्युरेन्सले ७ लाख ५० हजार, नेपाल माउन्टेनरियन एशोसिएसनले ५ लाख, टिआइए कस्टमले ४ लाख ५४ हजार १२४ रुपैयाँ जम्मा गरेको छ ।
कोषमा नाम नलेखाई सहयोग गर्ने व्यक्तिहरुबाट १ करोड ३८ लाख ६६ हजार ३५९ रकम जम्मा गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। यसका साथै प्रधानमन्त्री साथै अन्य नेता तथा सांसदहरुले समेत आफूले पाउने पारिश्रमिक कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने जनाइसकेका छन् ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्