
- अर्थ सरोकार सम्बाददाता
वीरगञ्ज – वीरगञ्जका ४ कोरोना संक्रमित निको भएका छन् । नारायणी अस्पतालमा उपचारत चारै जनाको पीसीआर परीक्षणको चौथो रिपोर्ट नेगेटिभ आएको हो । छपकैयाको जामे मस्जिदमा बसेका तीन भारतीय र रौतहटका एक युवक गरी चार जनाको पीसीआर परीक्षणको चौथो रपोर्ट नेगेटिभ आएको हो।
पीसीआर परीक्षणका लागि चार जना संक्रमितको स्वाबको नमूना संकलन गरी शुक्रबार हेटौंडा स्थित प्रादेशिक प्रयोगशाला पठाइएको थियो । शनिबार साँझ रिपोर्ट नेगेटिभ आएको हो । अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायले चारै जनाको चौथो रिर्पोट पनि नेगेटिभ आएपछि उनीहरुलाई आज डिश्चार्ज गरिने बताए ।
नारायणी अस्पतालमा सर्लाहीका एक संक्रमित पनि उपचाररत छन् । यस्तै हाल नेपालमा संक्रमितको संख्या ४९ रहेको छ । जसमा निको हुनेको संख्या १२ पुगेको छ भने आज ४ जना डिस्चार्ज भएपछी यो संख्या १६ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्