×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सुदुरपश्चिमका रवि लामिछाने’ अर्थात पत्रकार ‘नवराज धानुक’, जसको सुरक्षाका लागि पूजा गर्छन् रेडियोका स्रोता !

PRIME CA
GLOBAL IME BANK

‘सुदुरपश्चिमका रवि लामिछाने’ अर्थात पत्रकार ‘नवराज धानुक’, जसको सुरक्षाका लागि पूजा गर्छन् रेडियोका स्रोता !

३० चैत्र २०७६, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । रेडियो धनगढी, अर्थ सरोकार र सुदुरपश्चिमका विभिन्न रेडियोहरुमा विहान ७:३० बजे कार्यक्रम ‘तातो बहस’ बज्छ । कार्यक्रम यति हिट छ कि कार्यक्रमका प्रस्तोता नवराज धानुकले के बोल्छन् भन्ने धेरैको चासो हुन्छ । सुदुरपश्चिममा जे हुन्छ, तातो बहसमा तातो शैलीमा प्रशारण हुन्छ ।  सोहि कार्यक्रमका प्रस्तोता नवराज धानुक निकै चर्चामा छन् । जसलाई धेरैले सुदुरपश्चिमका ‘रवि लामिछाने’समेत भन्ने गरेका छन् ।
शनिबार धानुकलाई एक सर्वसाधारणले फोन गर्दै कांग्रेस नेताले राहतको समान लुकाएको भन्दै फोन गरे । कार्यक्रममा सोहि रेकर्ड रिपोर्टमा बजाइयो । त्यसपछि कांग्रेस नेताले दादागिरी देखाउँदै रेडियो नै घेराउ गरे । नवराज धानुकमाथि आक्रमणको प्रयास गरे । यो खबर एकाएक धनगढी भरी फैलियो । उनका धेरै शुभचिन्तकहरु यस प्रकरणमा चिन्तित थिए । यहि क्रममा उनको सुरक्षाको लागि एक स्रोताले पूजा नै गरे । जुन तस्विर अहिले सामाजिक संजालमा भाइराल भये३को छ ।              
कडाउनको समयमा राहत वितरणमा भएको अनियमितता र भ्रष्टाचारको विषयमा समाचार सार्वजनिक गरेको भन्दै धनगढी उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नं. १ का वडा अध्यक्ष सन्तोष मुडभरी लगाएत उनका समर्थकहरुले कार्यक्रमकै समयमा रेडियो धनगढी को कार्यालयमै पुगि तातो बहसका प्रस्तोता नवराज धानुकमाथि आक्रमण गर्न खोजेका थिए । 
यस्तो विषम परिस्थितिमा पनि जनताको लागि भन्दै सत्यको पक्षमा लडिरहेका पत्रकार धानुकमाथि दादागिरि शैलीमा यस किसिमको गतिविधि भएपछि सुरक्षाको लागि प्राथाना गर्न थालेका देखिन्छन् । सामाजिक सञ्जालमा आएको उक्त फोटोमा लेखिएको छ, ‘हे भगवान सत्यको युद्धमा होमिएका महान पत्रकार नवराज धानुकको सदैव सर्वोपरी रक्षा र कल्याण गर्नुहोस्।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: