काठमाडौं – नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । बैंकले संघीय सरकारको खातामा ६५ लाख रुपैयाँ र ७ वटा प्रदेश सरकारको खातामा ५/५ लाख रुपैयाँ दरले ३५ लाख रूपैयाँ सहयोग गर्ने निर्णय गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले जानकारी दिए ।
बैंककाे निर्णयअनुसार संघीय सरकार र प्रदेश सरकारकाे खातामा आइतबारसम्म पैसा जम्मा गरिने उनले जानकारी दिए ।
संघीय सरकारले ५० करोड रुपैयाँ राखेर कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष स्थापना गरेको छ भने प्रदेश र स्थानीय सरकारलाई पनि यस्ताे काेष स्थापना गर्न र स्थानीय तहबाट सहयाेग परिचालन गर्न निर्देशन दिएकाे छ ।
सो कोषमा बैंक, बीमा कम्पनीहरु, सरकारी संस्थानहरु, नियामक निकायहरु, विभिन्न संस्थाका कार्यकारी प्रमुखहरुले आफ्नो क्षमता अनुसार सहयोग रकम जम्मा गर्ने कार्यलाई तिव्रता दिएका छन् । आजै मात्र अर्थमन्त्री डा युवराज खतिवडाले कोषमा जम्मा भएको रकम दुरुपयोग हुन नदिने प्रतिवद्धता जाहेर गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्