×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार एनसीसी बैंकका ६२ वटा शाखा कार्यालय खुल्ने, हेर्नुहोस् कहाँ-कहाँ खुल्दैछन् शाखा ?

GLOBAL IME BANK

आइतबार एनसीसी बैंकका ६२ वटा शाखा कार्यालय खुल्ने, हेर्नुहोस् कहाँ-कहाँ खुल्दैछन् शाखा ?

२३ चैत्र २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडाैं – एनसीसी बैंकले देशभरका ६२ वटा शाखाहरुबाट बैकिङ्ग सुविधा दिने भएकाे छ । बैंकले सूचना जारी गर्दै आइतबार (आज) ६२ वटा शाखाहरुबाट बैकिङ्ग सुविधा दिने जनाएको छ । लकडाउनकाे बैंकले देशभरका विभिन्न शाखाबाट बिहान ११ बजे देखि दिउँसो १ बजेसम्म बैकिङ्ग सुविधा दिँदै आएकाे छ ।
यस अवधिमा ग्राहकले बैंककाे बैकिङ्ग सुविधा (नगद काराेबार ५० हजार रूपैयाँसम्म तथा इलेक्ट्राेनिक चेक क्लियरिङ सेवा) लिन सक्नेछन् । बैंकले गत बिहीबार पनि ४७ वटा शाखाहरुबाट बैकिङ्ग सुविधा सुविधा दिएकाे थियाे ।

साथै, यो विषम परिस्थितिमा यस बैंकको सम्पुर्ण एटिएम सेवा, मोबाइल बैकिङ्ग सेवा, ईन्टरनेट बैकिङ्ग सेवा, कनेक्ट आईपीएस सेवा सुचारु रहेको र सो सेवाहरु प्रयोग गर्दा कुनै शुल्क नलाग्ने बैंकले जनाएकाे छ ।

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: