×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेकपामा किचलो देखेपछि देउबाको प्रचण्डलाई गोप्य सन्देश, ‘चुनावअघिजस्तै गठबन्धन बनाउँ’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेकपामा किचलो देखेपछि देउबाको प्रचण्डलाई गोप्य सन्देश, ‘चुनावअघिजस्तै गठबन्धन बनाउँ’

Artha Sarokar

८ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सत्तारुढ नेकपा फुटको संघारमा पुगेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक सकिएलगत्तै सरकारमा रहेका पूर्वमाओवादी खेमाका मन्त्रीहरुको बेग्लै बैठक बसेको छ । बैठकपछि अध्यक्ष प्रचण्डलाई भेट्न उर्जामन्त्री वर्षमान पुन खुमलटारतर्फ लागेका छन् भने अन्य मन्त्रीहरु पनि प्रचण्ड निवास पुगेका छन् । बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा दलसम्बन्धी कानून संशोधनका लागि अध्यादेश ल्याइएको थियो । 
कोरोना भाइरसका कारण देश नै संकटमा परेको बेला ओलीले पार्टी विभाजनको अध्यादेश एकाएक पारित गराएपछि तर्सिएका नेकपाका अर्का अध्यक्ष प्रचण्डले पूर्वमाओवादीका सबै मन्त्रीलाई ललितपुरको खुमलटारस्थित आफ्नो निवासमा बोलाएका छन् । 
आफूहरुसँग सल्लाह नै नगरी यस्तो अध्यादेश ल्याएपछि रुष्ट पूर्व माओवादीको तर्फबाट मन्त्रालयमा सहभागी मन्त्रीहरुको आजै सामूहिक राजीनामा आउनसक्ने संभावना समेत रहेको माओवादीस्थित उच्च स्रोतले जानकारी दिएको छ । यसैबीच प्रचण्डसँगको बैठकमा एक मन्त्रीले आजै सबैले राजिनामा दिउँ, ‘कांग्रेसको समर्थनमा सरकारमा जाउँ’ भन्ने प्रस्ताव राखेको पनि उच्च स्रोतको दाबी छ ।
यता नेकपाभित्र किचलो हुनेबित्तिकै कांग्रेसका सभापतिले स्रोत प्रयोग गर्दै प्रचण्डलाई चुनावअघिजस्तै गठबन्धन बनाएर अगाडी बढ्ने प्रस्ताव पठाएको स्रोतको दाबी छ । उनले प्रचण्डलाई नै प्रधानमन्त्री बनाउन आफुहरु तयार रहेको र मिलेर अघि बढ्न प्रस्ताव गरेकोसमेत स्रोतको दाबी छ ।  
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी