सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको आकस्मिक बैठक बोलाइएको छ । मन्त्रिपरिषद्ले राजनीतिक दलसम्बन्धी कानूनमा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरे लगतै सोमबार सचिवालय बैठक बोलाइएको हो ।
बैठक अहिले साढे पाँच बजे बस्नेछ । बैठकमा पार्टी फुटाएर जाने कि मिलेर जाने भन्ने विषयमा छलफल हुने एक बरिष्ठ नेताले बताएका छन् ।